चर्चा बटुल्दै स्मिताको ‘मालिङ्गो’ घण्टामै लाख भ्युवर्स (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पुर्व प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डकी नातिनी आफैले गाएको गीतको म्युजिक भिडियोमा नेकपा स्मीता दाहाल राजेश हमालको जोडी भएर अभिनय गरेकी छिन ।

गित सार्वजनिक भएकै केही घन्टामा नै राम्रो भ्युवर्स पाएको छ । गित अप्लोड भएको केही घन्टा भित्रै लाख भन्दा बढी भ्युवर्स कमाइसकेको छ ।

पछिल्लो समय गायन क्षेत्रमा चर्चामा रहेकी स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका स्मीता दाहाल राजेश हमालसँग देखिएकी हुन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।