कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेपछी,भर्खर आकस्मिक बैठकबाट जारी नया सुचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ५ मंसिर ।

कोरोनाले बिश्वलाइ रुवाएको बेला नेपाललाइ किन छोड्थ्यो होला र? नियन्त्रण गर्न खोज्दा खोज्दै पनि केही कुराको तालमेल नमिलेर हो कि सरकार र जनताको लापरवाहले गर्दा हो,भने जस्तो अझै भएको छैन र पहिले भन्दा पनि झन् बढ्दै गएको हुदा रास्ट्रलाइ एक चुनौति भइसकेको छ कोरोना।यसैबीच सरकारको प्रयास जारी रहदा रहदै एउटा अत्यन्तै जरुरी सुचना जनता माझ पुर्याउनु भएको छ। काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकामा भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ ।कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

देशभरका ७७ वटै जिल्ला प्रशासनलाई सरकारले भर्खर दियो यस्तो कडा निर्देशन

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्।

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन्। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको आग्रह गरेको छ।