आजपनि घट्यो सुनको भाउ : तोलाको कति छ ? हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ४ मंसिर ।

Gold bars


सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।

सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।