शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको बढेको छ ।

आज छापवाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहिबार ९४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँट,सेयर पाउने भाग्यमानी कति ?

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओ बुधबार बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालयमा बाँडफाँट भएको छ ।
माग भन्दा भन्दा ७ गुणाबढी आवेदन परेकोले गोलाप्रथा माध्यमबाट आइपिओ बाँडफाँट गरिएको हो ।
जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ८ लाख ६३ हजार ५६५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ ।

कहाँबाट हेर्ने ?

आइपिओ बाँडफाँड भएपछि लगानीकर्ताले मेरो शेयरबाट सजिलै बिओआइडी नम्वर हालेर सजिलै हेर्न सक्नुहुनेछ ।
असोज २१ गते, बुधबारदेखि असोज २५ गतेसम्म निष्काशन भएको आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७ गुणा धेरै हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।