कोरोना लागेको वा नलागेको कसरी थाहा पाउने, लागेपश्चात के गर्ने के नगर्ने ? जान्नुहोस् !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ ।

कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आज हामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।

१. शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ । २. शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ । ३. केहिको गला सुन्निने समेत हुनसक्छ । ४. पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ । ५. विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ । ६. लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् । ७. आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ । ८. यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ । ९. कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ । १०. मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

कसरी राख्ने ख्याल ?

१. आसपासमा सरसफाइमा ध्यान दिनुहोस् । २. अनिवार्य मास्कको प्रयोग गर्ने । ३. बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने । ४. बिना काम घर बाहिर ननिस्कने । ५. दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने । ६. भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने । ७. कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने । ८. टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने । ९. अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने । १०. तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।