राजेश हमाल र प्रकाश सपूत अभिनित लोकदोहोरी गीत सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेता राजेश हमाल, गायक तथा नायक प्रकाश सपूत, अभिनेत्री वर्षा शिवाकोटी एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

देवी घर्ति र प्रकाश पराजुलीको स्वरमा रहेको ‘मञ्जरी’बोलको लोकदोहोरी गीतको भिडियोमा यी तीन कलाकार एकैसाथ देखिएका हुन् । गीतको भिडियो सोमबार सार्वजनिक गरिएको छ । ‘सालको पात टपरी’का सर्जक नवराज पन्तले लेखेको गीतमा प्रकाश पराजुलीकै संगीत सुन्न सकिन्छ ।

भिडियोमा अभिनेता हमाललाई ‘महानायक राजेश हमाल’कै रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन तथा मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । देबेन्द्र प्रकाशका आफ्नै भाई हुन् । करन चैसिरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

भिडियोको प्रस्तुतकर्ता प्रकाश जि.सी हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।