तिनधारा झरनामा मनोरञ्जन लिँदै पर्यटक

हाम्रो सन्देश संवाददाता

जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडामा रहेको तीनधारे झरना यतिबेला चर्चामा रहेको छ भने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
विशेषगरी ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै तीन धारे झरनामा पुग्न सकिने भएकोले मनोरम दृश्यावलोकनका लागि मानिसहरु यस ठाउँमा पुग्दछन् ।

महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको वडा अध्यक्ष पोते लामाले जानकारी दिए । लकडाउनअघि सम्म मानिसको खासै चहलपहल नहुने यस ठाउँमा अहिले भने झरना अवलोकनका लागि दैनिक ४/५ सयको संख्यामा मानिसहरु आउने गरेको वडा अध्यक्ष लामाले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।