नागरिकको लापर्वाहीका कारण कोरोना फैलिएको सरकारको भनाइ

हाम्रो सन्देश संवाददाता

मस्को, २० असोज ।

रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् ।

राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारी अनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याइलाई गम्भीरताका साथ लिइएको छ ।

उहाँले आम नागरिकलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन र त्यसलाई वेवास्ता नगर्न अपिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारहरुसँग भन्नुभयो, “सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक आह्वान गरिरहेको छ, तर आम नागरिकले सुनेनन्, त्यसैले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै गएको हो ।”

लकडाउनलाई पनि प्रभावकारी बनाउन नसकिएको बारेमा समेत राष्ट्रपति कार्यालयमा समिक्षा भएको उहाँले बताउनुभयो ।

छलफलमा कार्यालयका विभिन्न विभागका प्रशासनिक अधिकारीहरु सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयका सवै विभागका अधिकारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उहाँको भनाई छ ।

रूसमा पछिल्लो २४ घण्टामा मात्रै दश हजार ८८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै रुसमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख २५ हजार ८८९ पुगेको छ ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।