मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २४ असार ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

कम्पनीले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि बाेर्डबाट असार २३ गते अनुमति पाएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्नेछ।

आयोजना प्रभावितका लागि कम्पनीले यस अघि नै आईपीओ निष्काशन गरिसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।