मलेसियामा अवैधानिकको लागि डिसेम्बर सम्म रिहाईरिङ र घरफिर्ती कार्यक्रमको म्याद थप

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया):=

मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक हैसियतमा कार्यरत रहनु भएका विदेशी श्रमिकको लागि सञ्चालानमा ल्याएको रिक्यालिब्रेसन कार्यक्रम अर्थात रिहाईरिङ र घरफिर्ती कार्यक्रमको अवधी थप गरेको छ।

मलेसिया सरकारले उक्त घरफिर्ती र भिसा लगाउन मिल्ने रिहाईरिङ कार्यक्रम गएको महिना जुन ३० तारिखसम्मलाई मात्रै तोकेको थियो , तर सो को अवधी बढाएर अब यस् बर्ष सन् २०२१ को अन्तिम महिना डिसेम्बर सम्मको लागि थप गरेको एक बिज्ञप्ति सार्वजनिक गर्दै जनाइएको हो।

कोरोना माहामारीको कारण मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय,काउन्टर बन्द रहेता पनि अनलाईन एसटिओ प्रणाली मार्फत सो कार्यक्रम सम्बन्धि सुविधा लिन सकिने मलेसिया स्थित नेपाली दूतावासले बताउनु भएको छ।

जानकारी अनुसार मलेसियामा सञ्चालनमा रहेको रिहाईरिङ र घरफिर्ती कार्यक्रमको अवधी थप गर्नुपर्छ भनेर मलेसिया स्थित नेपाली दूतावासको साथसाथै अन्य विभिन्न अन्तर्राष्ट्रिय देशको दूतावासले समेत मलेसिया सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेको थियो।

मलेसियन सरकारले सार्वजनिक गरेको डाटा अनुसार पछिल्लो समय मलेसियामा रिहाईरिङ कार्यक्रम मार्फत पुनः भिसा लगाएर मलेसियामै बस्न र काम गर्नको लागि झन्डै २ लाख भन्दा बढि विदेशी श्रमिकहरुले आवेदन दर्ता गरेको छ, भने विभिन्न देशको गरेर करिब १ लाख बढि अवैधानिक श्रमिक स्वदेश फर्किसकेको छ, भने कतिपय त अझैपनि फर्किने प्रक्रियामै रहेको जनाएको छ।

मलेसियामा अझैपनि इन्डोनेसिया , बाङ्लादेश , भारत , म्यानमार , भियतनाम , नेपाल लगायतको देशको धेरैको सङ्ख्यामक अवैधानिक विदेशी श्रमिकहरु अवैधानिक हैसियतमै लुकिछिपी कार्यरत रहेको मलेसिया सरकारको दावी रहेको छ। यस् मौकाको फाईदा नउठाउने र अटेर गर्ने विदेशी अवैधानिक श्रमिकहरुलाई चेतावनी दिदैँ पक्राउ गरेर जेल चलान,डिपोर्ट गरिने समेत जनाएको छ।

यता मलेसिया स्थित नेपाली दूतावासले अवैधानिक हैसियतमा कार्यरत सम्पुर्ण नेपालीहरुमा यस् मौकाको फाईदा उठाई आउदो डिसेम्बर महिना भित्रमा कि त स्वदेश फर्किनुस कि यतै वैधानिक (लिगल) भएर,बनेर बस्नुछ्, भनेर सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभएको छ।