मलेसियाबाट आयो यस्तो दुःखद खबर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असोज ।

विश्वव्यापी फैलिएको कोरोनाको असरका कारण मलेसियामा रहेका ७ सय नेपाली श्रमिकहरु कामबाट निकालिएका छन् । प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार यो पाँच महिनाको अवधिमा मलेसियामा ७ सय नेपाली कामबाट निकालिएका छन् भने झण्डै पाँचहजार जनाले न्युनतम तलब पनि पाएका छैनन् । दुई हजार नेपाली श्रमिकले भने न्यून तलब पाएका छन् ।

यस्तै मलेसियामा १० हजार नेपाली श्रमिकको भिसाको म्याद सकिएको छ । विभिन्न कारण त्यहाँ समस्यामा परेका १९ हजार नेपाली स्वदेश फर्किने पर्खाइमा भए पनि अहिलेसम्म ३ हजार पाँचसय जना मात्र फर्किएको पीएनसीसीले जनाएको छ ।

मलेसियामा रहेको नेपली दूतावासको तथ्याँंक अनुसार मलेसियामा तीन लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये २५ हजार नेपाली विभिन्न कारणले अवैधानिक भएको पीएनसीसीले जनाएको छ । मलेसियामा धेरै नेपाली म्यानुफ्याक्चरिङमा क्षेत्रमा कार्यरत छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।