नम्रताको नयाँ अवतार (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् ।

काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् । लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौल बढाउने दौडमा छिन् । यसका लागि आफूले डाइटिङ कम गर्न थालेको उनी बताउँछिन् ।

नम्रता सामाजिक संजालमा ‘नेपोटिज्म’को बहस चर्काएपछि चर्चामा आएकी थिइन् । उनी, हाल म्यूजिक भिडियोको काममा बढी व्यस्त छिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।