कांग्रेस महामन्त्री शशांक कोइरालाकाे आईसीयूमा राखेर उपचार हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौं ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

ज्वरो बढेपछि उनलाई सोमबार साँझ ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। उनलाई ओम अस्पतालको आइसोलेसन बार्डको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

बुधबार अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरि डा. कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्। उनको अस्पतालका मेडिकल डाइरेक्टर एवं सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उपचार गरिरहेको विज्ञप्तिमा जनाएको छ।

महामन्त्री डा. कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बसिरहेका थिए। तर, मंगलबार एकाएक ज्वरो बढेपछि ओम अस्पताल भर्ना गरिएको हो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।