आमा-छोरी माथि नै आ क्र म णः आमाको पेटमा ४ छोरीकोमा ५ महिनाको ‘गर्भ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौ ।

जमाना कस्तो आयो भने, ३० वर्षकी आमाको पेटमा चार महिनाको बच्चा, १५ वर्षकी छोरीको पेटमा चाहिँ पाँच महिनाको । आमा त यौ नकर्मी भइन्, जसको ग-र्भ बोके पनि उनको खुशी या बा ध्यता । तर, हुर्कंदै गरेकी, अविवाहित, नाबालिक छोरीको पेट कोबाट बस्यो ? न छोरीलाई थाहा छ, न आमालाई ।

कालिमाटीस्थित प्रहरीको महिला सेलमा मु द्दा छ । घट ना सुनेर प्रहरीहरू अचम्म मान्दै जिब्रो टो-क्छन्, ‘जमाना खराब’ भन्दै टाउकोमा हात राख्छन् ।

भगवती भुजेल (नाम परिवर्तन) ले आफू पनि १५ वर्ष हुँदैमा ज न्माएकी थिइन्, छोरी रोशी (नाम परिवर्तन) लाई । उतिबेला भगवतीले मोरङ, पथरीका ईश्वरी भट्टराईसँग विवाह गरेपछि छोरी जन्माइन् । उनै छोरी पनि १५ वर्षमै आमा बन्दै छिन् । तर, र क्सी र छ्याङको न शामा बाबु नै पत्तो नलाग्ने गरी ।

‘जसले ग्राहकलाई खुशी बनाएर धेरै व्यापार व्यवसाय गर्छ, त्यो मान्छेले मात्रै तलब पाउँछ’ भनी साहुले अपशव्द प्रयोग गरे

१२ वर्षअघि काठमाडौं छिरेकी भगवतीलाई पतिले छाडे । तीन बालबच्चा सँगै थिए । तर, पाल्ने उपाय थिएन । अशिक्षित भएकाले काम पाइनन् । एक जना चिनजानको साथीसँग सहयोग मागिन् । एउटा क्याबिन रेष्टुरेण्टमा काम थालिन् । पहिला कामको अनुभव नभएको भन्दै साहुले रिसेप्सनमा मात्रै सहयोग गर्नु भने । तर, तलब माग्दा दिएनन् ।

‘जसले ग्राहकलाई खुशी बनाएर धेरै व्यापार व्यवसाय गर्छ, त्यो मान्छेले मात्रै तलब पाउँछ’ भनी साहुले अपशव्द प्रयोग गरे । पछि ठमेलको एउटा स्पामा सरसफाई गर्ने स्टाफको रुपमा काम पाइन् । अरु साथीहरूले दिनको ५–७ हजार रुपैयाँ लिएर जान्थे । भगवती चाहिँ रित्तै । घरमा खानेकुरा हुँदैन थियो ।

श्रीमानसँग भोको पेटमा ल डाइँ गर्नुपथ्र्यो । छोराछोरी भोकले रुन्थे । यसपछि भगवतीले पनि अरु साथीले झैं पैसा कमाउने निधो गरिन् । अर्को म साज पार्लरमा काम गर्न गइन् । दिनमा आठ देखि १० जनासम्म ग्राहकलाई ‘खुशी’ पार्नुपथ्र्यो । कसै–कसैले टिप्स दिन्थे । तर, बढीजसो सेना–पुलिसका मान्छे आउने कारण भित्र छिर्थे, काम गराउँथे र ध म्क्या एर जान्थे ।

कोठामा आवतजावत हुन्थ्यो र छोरी रोशी पनि आउने, जाने गर्थिन् । गत फागुन १५ गते रोशी रिताको कोठामा जाँदा मोही भनेर छ्या ङमा र क्सी मिसाई खुवाइन्

यसपछि भगवतीले म साजमा दुःख गर्न छाडिन् । विभिन्न डान्सबार र दोहोरीका गार्डहरूसँग सम्पर्क गरिन् । ती गार्डमार्फत ग्राहक पाउन थालिन् । पछि ट्याक्सी ड्राइभरहरू मार्फत काम गरिन् । यस प्रकार तीन जना छोराछोरी पढाइन्, पालिन् । श्रीमान्ले छाडिसकेका थिए । पेशामा रहेकै समय ठमेल सञ्चय कोष भवनअगाडि भारतको दिल्लीमा बस्ने युनुस खानसँग भेट भयो ।

त्यस बेलासम्म उनी दिउँसो एकछिन काम गरेको दुई हजार र रातभरि बसेको पाँच हजार लिने भइसकेकी थिइन् । युनुसले उनलाई रातभरिका लागि ठमेलको एक होटलमा लगे । एक रातका लागि गएकी उनलाई तिनले छाड्नै मानेनन् । आ–आफ्नो कथा व्यथा बाँड्दा श्रीमान्, श्रीमतीका रुपमा बस्ने निधोमा पुगे । आठ वर्ष भगवती युनुसको पत्नी भएर बसेकी छन् । युनुसको तर्फबाट दुई वर्षकी छोरी छन् । अहिले पाँच महिनाकी ग र्भवती छन् ।

फागुन १५ गते रिता भुजेलको डेरामा मोही भनी छ्याङ खुवाइएको र बे होस भएपछि दुई जना केटाले कर णी गरेको । रोशीलाई क रणी गर्नेहरूको नाम पहिचान भए पनि प क्राउ परेका छैनन्

भोलिपल्ट व्युझिँदा शरीरमा केही अ प्ठेरो भयो । पि साब फेर्दा पी डा महसुस भयो । तर, उनले यो कुरा कसैलाई सुनाइनन् । जब असार लाग्यो, पेट अस्वाभाविक रुपमा बढ्न थाल्यो । महि नावारी बन्द भएको त तीन महिना भइसकेको थियो । यसपछि भगवतीले श्रमिक महिला रक्षा संघ नामक संस्थाकी अध्यक्ष सविना तामाङसँग परामर्श गरिन् । छोरीको पेटमा जमेको रग त निकाल्नका लागि झाँक्रीले मागेको सुनाइन् ।

सविनाले भदौको १२ गते छोरीसँग सोधपुछ गरिन् । पिसाबको माध्यमबाट जाँच्ने विधिअनुसार परीक्षण गर्दा ग र्भ रहेको लक्षण देखियो । भदौ १३ गते थापाथलीस्थित प्रसुती गृहमा जाँच्दा २६ हप्ताभन्दा बढीको बच्चा रहेको थाहा भयो ।

अनि बल्ल खुल्यो, फागुन १५ गते रिता भुजेलको डेरामा मोही भनी छ्याङ खुवाइएको र बे होस भएपछि दुई जना केटाले कर णी गरेको । रोशीलाई क रणी गर्नेहरूको नाम पहिचान भए पनि प क्राउ परेका छैनन् । खबर जनआस्था साप्ताहिकले छापेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।