लामो दुरीका यातायात असोज १ बाटै खुल्‍ने, भाडादर भने बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० भदौ ।

लामो दुरीमा चल्ने यातायातका साधनहरु असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने पनि ज्ञवालीले जनाएका छन् ।

त्यसैगरी सरकारले अन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

संक्रमणको जोखिम बढेको अवस्थामा भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।