ह्वात्तै बढ्यो सुनको मूल्य ! हेर्नुहोस कति पुग्यो तोलामा !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० भदौ ।

लगातार बढिरहेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो ! हेर्नुहोस कति पुग्यो तोलामा !
काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ बढेर घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।