कोरोनाका कारण आज मात्रै थप ११ जनाको ज्यान गुम्यो

हाम्रो सन्देश संवाददाता

पोखरा, ३० भदौ ।

नेपालमा कोरोना भाइरससंक्रमणका कारण थप ११ जनाको ज्यान गुमेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र सात जना पुरुषको कोरोनाका कारण ज्यान गुमेको हो। काठमाडौंमा एक महिला र तीन पुरुष गरी ४ जनाको ज्यान गुमेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गुमेको हो ।

यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

आज थप १ हजार ६२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ । देशभरी २४ घण्टामा एक हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ छ । १० हजार ३७५ पीसीआर परीक्षणमा महिला ४४६ र पुरुष ११३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन् । यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।