नियमित काजु खानुका फाईदा-कस्तालाई अझ लाभकारी थाहा पाउनुहोस

हाम्रो सन्देश संवाददाता

ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन् । तर महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् ।

दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।

यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु :

१. बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ । २. काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ । ३. युरीक एसिडमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन । ४. नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । ५. नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ । ६. काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ । ७. काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।८. काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।