डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले दिन्छ यस्तो फाइदा

हाम्रो सन्देश संवाददाता

पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले विभिन्न समस्यामा राहत पुग्छ ।

अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् :

१. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ । २. दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ । ३. हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ । ४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ । ५. गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ । ६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

७. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । ८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ । ९. पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ । १०. शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ । ११. साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ । १२. पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ । १३. मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ । १४. प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ ।१५. पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ ।

१६. पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ । १७. दुइ चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ । १८. तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ग्याष्ट्रिक निको हुन्छ । १९. नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ । २०. पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन । २१. प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ । २२. सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँजा सुन्निने निको हुन्छ । २३. पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ । २४. पुदिनाको रस मनतातो पानिसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ । २५. पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।