यस्तो महामारीमा रथ यात्रा गर्दा अवस्था भयाभह हुनसक्छ : नायिका वर्षा सिवाकोटी

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

पुल्चोकमा रातो मछिन्द्रनाथको रथ यात्राको क्रममा झडप भएपछि अहिले झडपका दृश्यहरु भाइरल बनिरहेका छन् । बढ्दो महामारीमा स्थानीयहरु रथ तान्न निस्किएपछि संक्रमण तिब्र गतिमा फैलिने त्रासकाबिच धेरैले यो पवित्र काम पनि संयमित भएर गर्नुपर्ने धारणा राखेका छन् ।

यसैबिच लोकप्रिय नायिका वर्षा सिवाकोटीले कोरोना भाइरसका संक्रमण फैलने प्रवल सम्भावना भएकोले निषेधाज्ञाको पालना सबैले गर्नुपर्ने भन्दै निषेधाज्ञामा रथयात्रा गर्न नहुने बताएकी छिन् ।

विविध परम्पराको जगेर्ना गर्नु हामी नेपालीहरुको कर्तव्य हो तर हालको निषेधाज्ञालाई पालना गर्नु पनि हाम्रा लागी उत्तिकै आवश्यक भएको बताउँदै नायिका वर्षाले थप संयमित हुन आग्रह गरेकी छिन् । काठमाडौ उपत्यकाको पुरानो प्रथा रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानियवासीबीच दोहोरो भिडन्त भएको थियो ।

भिडन्तमा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेको थियो र स्थानियले ट्राफिक प्रहरीलाई कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेसँगै आज बिहानैदेखि कर्फू लगाइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।