प्रियंकाले भनिन् आमा बन्न लागेकी हो, भन्ने प्रश्नमा दिइन् यस्तो उत्तर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे । आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् ।

प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रममा आफू अहिले आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो ? भनेर प्रश्न गर्दै आइरहेका थिए । ‘म आमा बन्न लागेकी छैन, त्यस्तो भयो भने तपाईंहरुलाई भनिहाल्छु,’ प्रियंकाले भिडियोमार्फत भनिन् ।

साथै प्रियंकाले आयुष्मानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्नको पनि जवाफ फर्काएकी छिन् । उनले प्रेम यत्तिकै भएको बताएकी छिन् । ‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु उसले (आयुष्मान) ले मलाई स्न्यापच्याटमा जिस्काउँथ्यो, तर हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’

पछिल्लो समय आयुष्मान र प्रियंकालाई फिल्म ‘लभ दिवस’ मा देखिएको थियो । उक्त फिल्म व्यावसायिक हिसाबले भने असफल रह्यो । दर्शकले प्रियंका र आयुष्मानलाई रिल लाइफमा भन्दा बढी रियल लाइफमा मन पराएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।