दुखद खबर : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौ , १५ भदौ ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । लामो समयदेखि फोक्सोको संक्रमणबाट पीडित ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको सोमबार उपचाररत् अस्पताल आर्मी रिसर्च एण्ड रेफरलमा निधन भएको हो ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनको पुष्टि उनका छोरा अभिजित मुखर्जीले गरेका छन् । पिता प्रणवको निधनबारे छोरा अभिजितले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुष्टि गरेका हुन् ।

पिताको निधनको खबर दिइएको ट्वीटमा अभिजितले लेखेका छन्, ‘गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणव मुखर्जीको निधन भएको छ ।’

यसअघि सोमबार बिहान पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यबारे विज्ञप्ति जारी गरेको भनेको थियो, ’हिजोदेखि पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा कुनै सुधार आएको छैन। उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको छ। फोक्सोको संक्रमणको कारण उनलाई सेप्टिक सक भएको छ। जसकारण उनलाई विज्ञहरुको निगरानी र भेन्टिलेटरको सहयोगमा राखेको छ। ’

मुखर्जी सन् २०१२ जुलाई २५ देखि २०१७ जुलाई २५सम्म भारतको १२औं राष्ट्रपतिका रुपमा रहेका थिए ।

कृपया भिडियो पूरा हेर्नुहोला

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।