फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ जेठ ।

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो ।

मूल्यबृद्धिपछि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो ।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ ।निगमले १५ दिनको अवधिमा पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।