टिकटकमा नानाथरी बोलेर भाइरल हुन खोज्ने युवा मलेसियामा पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ साउन ।

पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको टिकटक एपमा जथाभावी बोलेर भाइरल हुन खोज्नेहरुको जमात बढेको छ ।

टिकटकमा छोटो भिडियो मार्फत आफ्नो कला प्रस्तुत गर्नसक्ने माध्यम भएतापनि पछिल्लो समय विकृति बढ्दै गइरहेको छ । त्यस्तै केहिदिन यतादेखि एक युवाले टिकटकमा नानाथरी बोलेर भिडियो बनाउँदै आएका छन् ।

ताप्लेजुङ घर बताउने राजन लिम्बूले टिकटकमा सुसिर लिम्बू नाम राखेर एकाउन्ट खोलेका छन् । उनले टिकटकमा सुन्नै नसक्ने शब्दहरु प्रयोग गरेर भिडियो बनाएका छन् ।

राजन लिम्बू नाम बताउने युवालाई नेपाल तामाङ घेदुङ्ग संघ मलेसियाका पदाधिकारीहरु कार्यस्थलमै पुगेर सोधपुछका नियन्त्रणमा लिएका छन् ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, पहाडी तथा तराईका क्षेत्रमा बाढी पहिरोको जोखिम

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा पर्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।