यस्तो बन्यो टिकटक काकुको पहिलो म्युजिक भिडियो ‘ठिक छैन है चाला ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त छ । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल पनि प्रभावित बनेको छ । नेपालमा हालसम्म १६ हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ भने ३५ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

यतीबेला एकपछि अर्को गीत बजारमा आउने क्रम जारी छन् । गायिक सुमन भट्टराई र नेहा शर्माको स्वर रहेको गीत ‘ठिक छैन है चाला ’ नामक नयाँ गीत सार्वजनिक भएको छ। काकु इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ । सोहन मानन्धरको शब्द रचना संगीत रहेको छ । त्यस्तै, गीतको एरेन्ज बिजेश्वोर तन्दुकारले गरेका हुन् ।

गीतको मुख्य भूमिकामा सुमन भट्टराई, नेहा शर्मा, श्रीजन भट्टराई, पुरु सिग्देल,अश्मिता, निरुताको अभिनय देख्न सकिन्छ ।

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईले गरेका हुन भने ‘काकु इन्टरटेन्मेन्टको पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका हुन्। गीतमा मिक्सिङ भने बिष्णु खड्काले भरेका छन् ।

(हेर्नुस् भिडियो )

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।