निरन्तर बढ्दै सुनको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ साउन ।

सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य भने शुक्रबार एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सिम कार्ड किन्दा र रिचार्ज गर्दा २ % कर सरकारलाई तिर्नुपर्ने

सरकारले ल्याएको नयाँ निति अनुसार सिम किन्दा र रिचार्ज हाल्दा सबै प्रकारका प्रयोगकर्ताले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि सरकारले प्रिपेड सिममा मात्र लिँदै आएको थियो । तर अब आगामी नयाँ अर्थिक वर्ष साउन १ गतेबाट लागूहुनेगरी पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्नेछ ।

अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिम कार्डमा पनि २ प्रतिशत कर बढाइने घोषणा गर्नुभएको थियो । त्यसका साथै अब सिम किन्दा पनि मूल्य वापतको २ प्रतिशत रकम खरिदकर्ताले तिर्नुपर्नेछ ।

अर्थमन्त्री खडिवडाले जेठ १५ गते संसद्मा आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने उल्लेख गर्नुभएको थियो । हाल नेपाल टेलिकमले ग्राहकहरुरलाई एसएमएस मार्फत यसको जनाकारी गराईरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।