गायिका सुमित्रा गौतमको “सम्झियो माइतिघर” बोलको तीज गीत सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

यतीबेला एकपछि अर्को गीत बजारमा आउने क्रम जारी छन् । हालै गायिका सुमित्रा गौतमको “सम्झियो माइतिघर” बोलको तिज गीत “वर्ल्ड कावर मीडिया” युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अलिना रायमाझी,सुरबीर पण्डित, बिद्या कार्की, सम्झना भण्डारी लगायत अन्यको अभिनय रहेको छ ।

दुर्योधन बस्नेतको शब्द रहेको गीतमा सुमित्रा गौतमले स्वर दिएकी छन्। गीतका एरेन्जर सुरेश शाही हुन्। गीतलाई समीर थोकरले छायांकन गरेका छन् भने लोकेश भाटले सम्पादन गरेका छन् । गीतलाई ललित केसीले निर्देशन गरेका हुन् ।

(हेर्नुस् भिडियो )

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।