सुनको मूल्य लाख नजीक, किन्ने भन्दा बेच्ने धेरै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

नेपालमा पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्दै गएको छ ।मंगलबार तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको कारोबार मूल्य हालसम्मकै सबै भन्दा बढी हो ।

सुनको मूल्यले नयाँ रेकर्ड राख्दै जाँदा बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढ्दै गएपछि लकडाउन खुकुलो भएयता सुन किन्ने भन्दा बेच्नेहरु बढदै गएका छन् ।

आज पनि बढ्यो सुन, हालसम्मकै उच्च रेकर्ड कायम

सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ३ सयले बढ्दै ९८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन आज भने ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६५ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । यो साता निरन्तर रुपमा सुनको मूल्य बढेको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।