कोरोना भाइरसका माहामारीको बेलामा ७.८ म्याग्नीच्यूडको भूकम्प

हाम्रो सन्देश संवाददाता

वासिङ्टन, ७ साउन ।

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो। उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो। अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। (रासस–सिन्ह्वा)

मंगलबार राती १२ बजेबाट हट्दै लकडाउन

सरकारले साउन ६ गते राती १२ बजेबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।

साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।

आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझसम्म पनि पाइने छैन। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

पुरा भिडियो हेर्नुहोस्

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।