नेपालमा पहिलो पटक बैंकको कर्मचारीमा देखियो कोरोना, कुन बैंक र कुन स्थानका हुन् संक्रमित ?

हाम्रो सन्देश संवाददाता

काठमाण्डौँ, २६ असार ।

अछाममा बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिहीबार जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित रहेको सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीमा कोराना पुष्टि भएको हो ।

बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको चौरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर थापाले बताए । उनले भने ‘ती संक्रमित पुरुष चौरपाटी गाउँपालिका–५ लुंग्राका हुन् ।’

असार १९ गते पिसिआर जाँचका लागि ती पुरुषको स्वाब धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । ती कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले बैंक क्षेत्र सील गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए ।

महासंघले किन गर्‍याे सार्वजनिक यातायात नचलाउने घोषणा ?

सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएकाे छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने जनाएकाे हाे। महासंघले पाँचबुँदे माग अघि सारेर मात्र सार्वजनिक यातायात चलाउन सकिने बताएकाे छ।

सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भए मात्र गाडी चलाउन सकिने महासचिव भरत नेपालले बताए । महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।

सार्वजनिक यातायात साधनहरुमा विश्व स्वास्थ्य संगठनले मापदण्डअनुसारको व्यवस्था गरिदिनुपर्ने, यातायात मजदुर तथा आम यात्रुहरुको स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका माग छन् । साथै सरकारले तोके बमोजिम विभिन्न प्रकृतिका (साना, ठूला, मझौला) सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने महासंघले बताएको छ ।

पाँचबुँदे माग पुरा नभए यातायात व्यवसायीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण जिम्मा लिन र आफ्नो सवारीलाई राष्ट्रियकरण गर्नुपर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको माग छ ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।