सुनको भाउ घट्यो, चाँदीको स्थिर, कति छ आज ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ असार ।

मंगलबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको हो ।

हिजो ९१ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भइरहेको सुनको भाउ आज ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजावी सुनमा भने आज ९५ रुपैयाँ घटेर ९० हजार ८६० मा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । चाँदी आज ९४५ रुपैयाँ प्रतितोलामा कारोबार हुने महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार घटेको सुनको मूल्य आइतबार फेरी बढेको हो। सो दिन छापावाला सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर आइतबार प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।

ल है आयो बाल भो! हेरेर प्रतिक्रिया दिनु होला

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।