घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौ,१४ असार ।

सुनको मूल्य शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार छापावाला सुनको मूल्य बुधबारकै मूल्य अर्थात प्रतितोला ९१ हजार एक सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला नौ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार छपावाल सुन छोलामा ९० हजार ६६५ रुपैयाँ रहेको छ ।

बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो ।

बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन तोलाको ९१ हजार १ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसअघि सोमबार ९१ हजार रुपैयाँमा किनबेच भइ सुनको मूल्यले रेकर्ड बनाएको थियो । बुधबार तेजावी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज (सोमबार) तोलामा चार सय रुपैयाँले बढेको छ। सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । उक्त मूल्य हालसम्मकै उच्च मूल्य हो।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार पाँच सय ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला नौ सय ५० रुपैयाँ तोकिएको छ।आइतबार चाँदी प्रतितोला नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।