सुशान्तले ३ दिन अगाडि स्टाफलाई तलव दिँदै यस्तो भनेका रहेछन…

हाम्रो सन्देश संवाददाता

मुम्बई ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्युको बिषय अहिले चर्चामा छ। अभिनेता सिंह यहि जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृ’त अवस्थामा फेला परेका हुन। उनको मृ’त्युको कारण अझै खुलेको छैन।

सुशान्तको नि’धनका लागि बलिउडको नातावाद जिम्मेवार रहेको भन्ने बहस समेत अहिले चर्चा छ। उनको मृत्युको कारण भन्दै अभिनेता सलमान खान लगायतका कलाकार विरुद्ध प्रहरीमा उ’जुरी समेत परेको छ। प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको छ।

सुशान्तको मृ’त्यु हुँदा कुनै ‘सु’साइड नोट’ समेत फेला नपरेकाले घ’टना र’हस्यमय बनेको हो। १६ बर्षको उमेरमै आमा गु’माएका सुशान्त परिवार देखि टाढा थिए। उनको परिवार पटनामा थियो भने उनी आफैले मुम्बईमा किनेको घरमा एक्लै बस्दै आएका थिए।

सयौं करोड सम्पतिका मालिक सुशान्तले घरमा काम गर्न स्टाफहरु राखेका थिए। उनको मृ’त्युको खबरपनि स्टाफलेनै प्रहरीलाई जानकारी दिएपछि बाहिरिएको थियो। सुशान्तले मृ’त्युको ३ दिन अघि घरका सबै स्टाफलाई बोलाएर तलब दिएको खुलेको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रहरीको स्रोतलाई उदृत गर्दै सुशान्तले मृ’त्युको ३ दिन अघि सबैलाई स्यालरी दिएको जनाएको छ। स्यालरी दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् सायद अब स्यालरी दिन पाउनेछैन्।’

सुशान्तको मृ’त्यु उनकी पूर्व म्यानेजर दिशा सलियनले घरको १४ औं तलबाट हाम फालेर आ’त्मह’त्या गरेको १ हप्तापछि भएको थियो। एक वेव सीरिज लागि लागी सुशान्त पूर्व म्यानेजरसँग सम्पर्कमा रहेको कुरा पनि बाहिरिएको छ।

करण जोहर, संजय लीला भन्साली, दिनेश विजान, एकता कपूरलगायत धेरै कलाकारका कारण कामबाट लखेटिएकाले पनि विचलित भएका सुशांतले यस्तो कदम चालेको भन्ने चर्चा समेत हुने गरेको छ। ती कलाकार विरुद्ध प्रहरीमा उ’जुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुशांतको आ’त्मह’त्याले बलिउडको सत्यतालाई अगाडि ल्याएको छ। भने धेरै ठूला निर्देशक र अभिनेताहरूको पोल खुल्दै गएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।