एनसेलका डाटा र भ्वाइस प्याकहरू लिन अझै सहज

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २ असार ।

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट सिधै डाटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा बिक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।
विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् ।

एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पु-याउने आफ्नो प्रतिवद्धता बमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । सुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।
“एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ । डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,” एनसेलका चिफकमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, “डिजिटाइजेसन प्रक्रिया अन्तर्गत हाम्रा खुद्रा बिक्रेताहरूलाई ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं । यो हाम्रा ग्राहकहरुका लागि एउटा ठूलो सुविधा हो ।”

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।