यस्तो छ आज सुन चाँदीको बजार भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० जेठ ।

नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्यमा स्थिरता छाएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रहेको थियो । भने शुक्रवार पनि त्यहि मूल्य अर्थात ८९ हजार ६ सय नै कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ८९ हजार १ सय ६५ पुगेको छ ।

शुक्रवार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार चाँदी प्रतितोला मूल्य ९ सय ५० रहेकामा शुक्रवार मूल्यमा कमि आई प्रतितोला चाँदी ९ सय ३५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजार खुलेदेखि नै लगातार उकालो लागेको सुनको दरभाउ बढ्ने क्रम रोकिएको छैन ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर बुधबार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।