सुनको मुल्य ह्वात्तै बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ जेठ ।

सुनको मूल्य बुधबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजार खुलेदेखि नै लगातार उकालो लागेको सुनको दरभाउ बढ्ने क्रम रोकिएको छैन ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर बुधबार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।