५.९ म्याग्नीच्यूड को शक्तिशाली भूकम्प गयो

हाम्रो सन्देश संवाददाता

सिड्नी, २६ जेठ ।

प्रशान्तमहासागरको द्विपीय राष्ट्रपपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको थियो तर कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन । (रासस–एएफपीन्यूयोर्क, २६ जेठ – न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गर्नु भएको छ ।

मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियोमेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गर्नु भएको थियो न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो कोरोनाभाइरस महामारीका कारण

झण्डै दुई महिना लकडाउनगरिएको न्यूयोर्क शहरमाआर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको
छ ।अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् खुद्रापसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गर्नु भएको थियो तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । (रासस–एपी)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।