आजबाट आशिंक रुपमा सुनचाँदीको पसल खोलिदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२५ जेठ ।

आइतबारबाटआशिंक रुपमा सुनचाँदीको पसल खोलिने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै आइतबारबाट सुनचाँदीको दरभाउ प्रकाशित हुने जानकारी दिएको हो ।

सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै महासंघले पनि सुनचाँदी व्यवसायलाई सुचारु गर्ने जनाएको छ ।

चैत ११ गतेदेखि लकडाउन भएसँगै सुनचाँदीको कारोबार हुन सकेको छैन । अब सुनचाँदीको दरभाउ प्रकाशित भएसँगै कारोबार शुरु हुने अपेक्षा गरिएको छ ।
‘अहिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु भएकाले सोहीअनुसार विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिकारनगरपालिकारगाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा ब्यवसाय सञ्चालनगर्न पाउने ब्यवस्था गरे अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने भएको छ ।

यसर्थ हालसम्म स्थगन गरिएको दरभाउ यस महासंघले मिति २०७७ जेठ २५ गते आइतबारदेखि पुनः प्रकाशित गरिने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।