वैज्ञानिकहरु कोरोना भाइरस बारे यस्तो धारणा राख्छन्

हाम्रो सन्देश संवाददाता

एजेन्सी, २५ जेठ ।

मानिसहरूले वन्यजन्तुबाट मानवमा फैलिने बिरामीहरूको लागि आँधीबेरी जस्तो अवस्था सिर्जना गरेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

प्राकृतिक संसारमा मानवको अतिक्रमणले उक्त प्रक्रियालाई थप हौसला प्रदान गरिरहेको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार नयाँ रोगहरूको स्रोत अध्ययन गर्न ढाँचाहरूको आधारमा पहिचान प्रक्रिया विकसित गरिएको छ ।

जसको आधारमा कुन जीवले मानवमा फैलाउने रोग सबैभन्दा खतरनाक साबित हुन सक्ने पत्ता लगाउन मद्दत गर्छ ।

लिभरपुल विश्वविद्यालयका प्रोफेसर म्याथ्यू बियालिसले विश्वले पछिल्ला २० वर्षयता छवटा विभिन्न किसिमका ठूलो जोखिमहरू सामना गरेको बताएका छन् ।

‘सार्स, मर्स, इबोला, एवियन इन्फ्लुएन्जा र स्वाइन फ्लू । पाँच ओटालाई त जितिसकेको तर छैटौंलाई जित्न सकिरहेका छैनौँ । यो हामीले सामना गरिरहेको अन्तिम महामारीचाहिँ होइन’, उनले भने, ‘त्यसकारण वन्यजन्तुहरूको रोगहरू राम्ररी बुझ्नु आवश्यक छ।’

धेरै मानव व्यवहार जस्तै जंगल काट्ने र विभिन्न जनावरहरूको बासस्थान र खानामा अतिक्रमण गर्दा जनावरबाट मानिसमा रोग सार्न मद्दत गरिरहेको कुरामा धेरै वैज्ञानिकहरू सहमत छन् ।

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोन्सले मानव हस्तक्षेपले धेरै संक्रामक रोगहरूको जोखिम बढाउने गरेको बताउँछन् । यद्यपि यो सबै अवस्थामा संक्रमित रोगहरू नै हुन्छ भन्ने आवश्यक छैन, तर वन्यजन्तुहरूको धेरै प्रकारका रोगहरू यसको कारण हुन सक्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।