सुनचाँदीको दरभाउ प्रकाशित (विज्ञप्ति सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । लकडाउनकाक्रममा यसअघि केही समय दरभाउ प्रकाशन गरिएको थिएन ।

यसैक्रममा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले लकडाउनको मोडल परिमार्जन गरी निश्चित समय ब्यवसाय सञ्चालनगर्न दिन थालेपछि सुनचाँदी ब्यवसायपनि आंशिकरुपमा खुल्ने भएकोले दरभाउ प्रकाशनगर्ने निर्णय गरिएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताए । उनका अनुसार आइतबारवाट भाउ नियमतिरुपमा प्रकाशन हुनेछ ।

सुनचाँदी ब्यवसायी महासंघ नेपालमा सुनचाँदीको दरभाउ प्रकाशनगर्ने एकमात्र आधिकारीक निकाय हो । महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यको संयोजकत्वमा रहेको समतिले दैनिकरुपमा सुनचाँदीको दरभाउ प्रकाशन गर्ने गर्दछ । यो भाउलाई बैंकिङ संस्था तथा सरकारी निकायले समेत आधार वनाई प्रयोग गर्ने गर्दछन् ।

महासंघको विज्ञप्ति जस्ताको तस्तैः

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।