फेरी विबादमा तानिइन् नायिका वर्षा राउत, कारण यस्तो

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

लोकप्रिय नायिका वर्षा राउन पछिल्लो समय एकपछि अर्के फण्डामा फसेर विबादमा तानिदै आएकी छिन् ।

अघिल्लो हप्ता नेपाल भारत सीमानाको विबादका विषयमा बोलेपछि ट्रोल र आलोचनाको शिकार बनेकी वर्षा फेरी विबादमा तानिएकी हुन् ।

सीमानाको विषयमा विबादमा तानिएपछि केही घण्टामा नै माफी माग्दै ‘आइन्दा बोल्दा ख्याल गर्ने’ बताएकी वर्षाको सोही विषय गर्दै कलेजेज नेपालले छोटो फिल्म बनाएको थियो ।

नेपाली वेब सिरिज बनाउँदै आएको कलेजेज नेपालले वर्षालाई नै ब्यग्य गरेर बनाएको उक्त भिडियो अपलोड भएको केही घण्टामा नै हटाइएको छ ।

कलेजेज नेपाल स्रोतका अनुसार उक्त भिडियो हटाउनुको कारण वर्षाका पतिको दबाब भनिएपनि वर्षा र संजोगले यो विषयमा अहिलेसमम केही बोलेका छैनन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।