भारतीय मिडियालाई मोदीको निर्देशन नेपालबारे जथाभावी नबोल्न आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ।

नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चिसिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अतिक्रमण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो ।

यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी नाकाबन्दी गरेका कारण नेपालमा मोदी र भारतपविरोधी अभियान नै चलेको छ । मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सुध्रिने अपेक्षा गरिएपनि सम्बन्ध त्यसको ठिक विपरित बनेको छ । खासमा नेपालमा भारतविरोधी माहोल बनाउन भारतीय मिडिया र केहि नेताहरूनै लागिपरेका छन् ।

सीमा विवाद बल्झिएपछि वार्तामा बस्न नेपालले पटक पटक गरेको आग्रहलाई भारतले भने टरेको अवस्था छैन । समस्या सुल्झाउन भारतले आनकानी गर्न थालेपछि नेपालले पनि आफ्नो नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेको छ । नयाँ नक्सा जारी गरेपश्चात भारतमा यसले छुट्टै तरङ्ग नै ल्याएको छ । त्यसैमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतको व्यहावबारे खरो उत्रिएपछी भारतका केहि नेता र धेरै मिडियाको टाउको दुखाई बनेको छ ।

नेपाल र नेपालीबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चारमाध्यम र केहि नेताहरूको रवैयालाई मोदी सरकारले नियन्त्रण गर्नको लागि निर्देशन नै जारी गरेको बताइएको छ । पुस्तौं देखिएको नेपाल-भारत सम्बन्धमा नै खटपट हुनेगरी प्रचारबाजी भएपछि मोदीले निर्देशन दिएको बताइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।