नेपाल बिरोधी भारतीय पत्रकारलाई मुद्धा चलाउन अदालतको आदेश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ जेठ ।

रिपव्लिक टिभी मार्फत नेपाल विरुद्ध गोली गलौज, उत्तेजना फैलाउने र सीमानाको बारेमा भ्रम फैलाउने नेपाल विरोधी पत्रकार अर्नब गोस्वामी विरुद्ध मुद्धा चलाउन भारतको अदालतले आदेश दिएको छ ।

उनले मुसलमान विरुद्ध मानहानी र गाली बेईजतिको मुद्धाको सामना गर्नु पर्ने भएको छ ।

यस अघि सो मुद्धा रोक्न उनले सर्बोच्च अदालतमा उनले दिएको निवेदन खारेज भए पछि अब मुम्बई प्रहरीले गोस्वामीमाथि अनुसन्धान गर्ने छ ।

नेपाल, नेपाली र नेपालको नयाँ नक्सा बिरुद्ध बिष बमन गर्ने गोस्वामीको गैर व्यवशायीक पत्रकारीता शैलीको नेपालमा समेत विरोध भईरहेको छ ।

गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउन दायर गरिएको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो ।

आधारमा पछिल्लो मुद्दा गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर दर्ता गर्न लागेको बताइन्छ ।

उनले केही समयअघि बान्द्राको रेल्वे स्टेशन क्षेत्रमा जम्मा भएका सुकुम्बासीहरुलाई ‘भाडाका टट्टुहरुको भेला’ पछि मजदुर सुकुम्वासी विरोधमा छन् ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ ।

जसमा भनिएको छ ‘अभिव्यक्ति स्वतन्त्रता भनेको निरपेक्ष हुँदैन । पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट पनि छैन ।’मिर्मिरे अनलाइनबाट !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।