फेरि खोपको चर्चा, चीनले पनि बनायो कोरोना विरुद्धको खोप

हाम्रो सन्देश संवाददाता

बेइजिङ, १० जेठ ।

अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोपमा निकै सकारात्मक नतिजा प्राप्त गरेको केही दिन नबित्दै चीनका अनुसन्धाताहरुले पनि खोप तयार पारेको र यो सुरक्षित रहेको दाबी गरेका छन् ।

न्यूयोर्क टाइम्समा छापिएको एक समाचार अनुसार ल्यान्सेटमा छापिएको एक रिपोर्टमा एक डोज खोप लगाएका व्यक्तिको दुई साताभित्रै प्रतिरोधी कोशिका निर्माण भएको उल्लेख छ । यो खोप १८ देखि ६० वर्षका १०८ जनामा प्रयोग गरिएको थियो ।

अमेरिकाको बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका खोप निर्देशक डा डानियल बारोचले चीनको अध्ययन निकै महत्वपूर्ण देखिए पनि त्यो प्रारम्भिक विवरण मात्र रहेको बताउनुभयो ।

डा बारोचको टोलीले पनि बाँदरमा एउटा खोपको परीक्षण गरेको र त्यसले पनि सकारात्मक नतिजा देखाएको उल्लेख छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।