काठमाडौंका कोरोना संक्रमित ३५ वर्षे पुरुषको ग्राण्डी अस्पतालमा उपचार हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

काठमाडौंका कोरोना संक्रमित ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचारत बिरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान संक्रमण पुष्टि गरेको काठमाडौंका ३५ वर्षीया पुरुष ग्राण्डीमा उपचारत बिरामी भएको पाइएको हो ।

संक्रमित ग्राण्डी अस्पालमा भएको पाइएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली कन्ट्रयाक ट्रेसिङको लागि गाण्डी अस्पतालमा गइसकेको छ ।

संक्रमितको विषयमा थप विवरण भने कन्ट्रयाक ट्रेसिङको टोली फर्किएपछि मात्र आउने महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।