नेपालले जारी गरेको नयाँ नक्साले बाबुराम भट्टराईको टाउको दुखाई

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ जेठ ।

भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले जारी गरेको नक्साप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको कदम स्वागतयोग्य भएको बताएका छन्। समाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले सुगौली सन्धिअनुसार पहिल्यै नक्सा जारी गरिनुपर्नेमा ढिलै भए पनि सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गरेका छन्।

‘विगतका भएका कमी कमजोरी पनि समीक्षा गरौंला’ ट्विटरमा उल्लेख छ। सरकारले जारी गरेको नयाँ नक्साप्रति कसैले पनि जस लिने होडबाजी गर्न नहुने पनि उनले लेखेका छन्। साथै उनले लेखेका छन् –आफ्नो भूमिमा अर्काले सडक बनाएको थाहा नपाउनेहरुको हैसियत पनि संसारले बुझकै छ, अब कोरोनाबारे सोचौं।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।