थप ३० जनामा को’रोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ४८७ पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

नेपालमा थप ३० जनामा को’रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले थप ३० जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४८७ पुगेकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला हुनुहुन्छ; नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ बर्षीय पुरुषहरू, १५ बर्षीय महिला हुनुहुन्छ ।

त्यस्तै, कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ बर्षीय बालिका हुनुहुन्छ; सर्लाही, गोडैता न.पा.- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँ पालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुषहरू र १८ बर्षीय महिला हुनुहुन्छ । हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।