सशस्त्रका ‘एआइजी पुष्पराम केसीले सिमाका गोप्य कागजात भारतीय जासुसलाई बुझाएको’ खुलाशा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

केही महिना अघि मात्रै नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूमि समेटेर राजनीतिक नक्सा जारी गर्यो । नेपाल सरकारले पनि राजनीतिक नक्सा जारी गर्ने भन्दै भाषणबाजी गरिरहेको छ । तर, भाषणबाजीकै बीच लिपुलेकमा भारतीय सेनाले सडक मार्ग नै निर्माण गरिदियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट मार्फत जानकारी दिएपछि नेपालको खुफिया एजेन्सीदेखि सञ्चार माध्यमले जानकारी पाए ।

तर, सरकार त्यतिबेलासम्म पनि आफूलाई आधिकारीक जानकारी नभएको भान गरिरहेको थियो । शुक्रबार मात्रै पनि राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भारतले मिचेका सम्पूर्ण भूमि समेटेर नयाँ नक्सा जारी गर्ने बताइन् ।

२०५७ सालमा माओवादी युद्धलाई निस्तेज पार्न भन्दै तत्कालीन सरकारले अर्ध शैन्य बलको रुपमा सशस्त्र प्रहरी बलको स्थापना गरेको थियो । शान्तिप्रक्रियापछि अर्थात् ०६३ फागुनपछि सशस्त्रलाई सीमा सुरक्षाको जिम्मा सरकारले दिएसँगै विओपी खडा गरी सीमा नाकामा खटिएको छ ।

सशस्त्र प्रहरीको कार्यशाला विभागले सीमाबारे सम्पूर्ण दस्तावेजहरु राख्नुका साथै अध्ययन अनुसन्धान पनि गर्ने गर्छ । त्यही कार्यशाला विभागको प्रमुख थिए सशस्त्र प्रहरीका एआइजी पुष्पराम केसी । उनी त्यस विभागको प्रमुख भएर काम गरेदेखि नै अनधिकृतरुपमा विदेशीहरुसँग भेटघाट गर्ने र सीमाबारेका गोप्य सूचनाहरु चुहाउने गर्दै आएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

‘उनी त्यहाँ हुँदा नै नेपालको सीमानाका बारेका सक्कली प्रमाणहरु दुरुपयोग गरेको भन्दै उनलाई कार्यशाला विभागको प्रमुखबाट हटाएर मातातिर्थमा रहेको सशस्त्र एकेडेमीमा सरुवा गरिएको हो,’ गृह स्रोतले भन्यो,’उनी अझै पनि भारतीय गुप्तचरका टीमसँग गोप्यरुपमा राजधानीका विभिन्न होटलमा भेटघाट गर्दै आएका छन् ।

उनको अनधिकृतरुपमा विषेशगरी भारतीय गुप्तचर निकायका मानिसहरुसँग भेटघाट बाक्लिन थालेपछि अनुसन्धान भइरहको छ । हामी अन्तिम निष्कर्ष नजिक पुगेका छौ ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।