‘पीके’ अभिनेता साईकाे ४२ वर्षकाे उमेरमा नि’धन

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा निधन भएकाे छ ।

सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् ।

महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् ।

महाराष्ट्र काे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ‌ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए ।

पी. के. सारख्या लोकप्रिय चित्रपटांच्या माध्यमातून प्रेक्षकांची मने जिंकणारे अभिनेते साईप्रसाद गुंडेवार यांची कॅन्सरशी झुंज अखेर अपयशी ठरली. त्यांच्या निधनाने भारतीय चित्रपट सृष्टीने हरहुन्नरी अभिनेता गमावला आहे. भावपूर्ण श्रद्धांजली!

हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।