सीमा विवाद राष्ट्रसंघमा लैजाने विश्व युवा संघको चेतावनी

हाम्रो सन्देश संवाददाता

जेठ,७ काठमाडौँ ।

विश्व प्रजातान्त्रिक युवासंघ(WFDY) ले नेपालको भूमि फिर्ता गर्ने बारे अबिलम्ब पहल नगरे सो मुद्धा राष्ट्रसंघमा पु¥याउने चेतावनी दिएको छ ।

भारतले नेपालको भूमि मिचेर सडक बनाएको विषयलाई सो संघका उपाध्यक्ष सुन्दर भुसालको पहलमा संघको अन्तर्राष्ट्रिय समितिमा छलफल गरिएपछि संघले भारतलाई नै कडा चेतावनी दिएको हो ।

लिपुलेक क्षेत्रको विवादित भूमिका विषयमा भन्दै संघले १९ मे का दिन एक वक्तव्य जारी गरी भारतीय प्रतिक्रियावादी सरकारलाई समस्या छिटो सुल्झाउन आग्रह गरेको हो । सन् १८१६ को सुगौली सन्धि स्मरण गराउँदै संघले दुई देश बीचको सीमा तनाव तत्काल अन्त्य गर्न माग गरेको छ ।
कुनै पनि प्रकारका अतिक्रमण र उत्पीडनको विरुद्धमा रहने संघले भारतीय पक्षबाट ढिलाई भैरहने स्थितिमा आफ्नै पहलमा अन्तर्राष्ट्रियकरण गर्ने र राष्ट्रसंघलाई मध्यस्थकर्ताको अनुरोध गर्ने समेत बताएको छ ।

(WFDY) को सो वक्तव्यका सम्बन्धमा संघका उपाध्यक्ष सुन्दर भुसालले संसारन्यूजसँग ‘भारतका पनि कतिपय संगठनहरु सदस्य रहेको विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको छ’, भनेका छन् ।

स्मरण रहोस् आज मात्र नेपालले यसअघिको नक्सामा छुटेका नेपालका भूमिहरु समेटेर राजनीतिक तथा प्रशासनीक नयाँ नक्सा सार्वजनिक गरेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।